तुलसीपुर बजारमा एमालेको घरदैलो, मतदाता उत्साहीत
तुलसीपुर । फागुन २१ गते हुने निर्वाचनको प्रचार प्रसार गर्ने अन्तिम समयमा दलहरुले घरदैलो, र्याली तथा चुनावी सभा गरेका छन । यसैक्रममा दाङ निर्वाचन ३ अन्र्तगत एमालेले तुलसीपुर बजारमा घरदैलो तथा चुनाबी कोण सभा गरेको छ ।
पार्टि कार्यालय तुलसीपुरबाट सुरु भएको र्याली सहितको घरदैलो विरेन्द्रचोक,बाहिनी चोक,बसपार्क हुदै बिपि चोकमा आई कोण सभा गरेको थियो । कोण सभालाई प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डे र समानुपातीक उम्मेदवार कोमल वलीले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले तुलसीपुर र समग्र दाङको दिगो विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन । २०७४ को निर्वाचनमा जनताको विश्वासबाट मेयरमा जित्दा जनपक्षिय कामहरु गरेको हुदा प्रतिनिधि सभामा जिताउनका दागि अपिल गरेका थिए ।
पाण्डेले विगतमा आफूले सुरुवात गरेको सुत्केरी प्रोत्साहन कार्यक्रम देश ब्यापी हुन थालेको हुदा यसलाई थप विकास गर्ने बताएक थिए । सामाजिक तथा विकासमुखी कार्यहरूको चर्चा गर्दै अबको लक्ष्य रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, युवा स्वरोजगार र पूर्वाधार विस्तार रहेको बताएका थिए ।
उनले युवालाई स्वदेशमा नै रोजगार दिन उद्यमशिलता विस्तार गर्न विशेष योजना ल्याउने उल्लेख गरेका थिए । उनले ब्यवसायीका समस्याहरु पनि रहेको हुदा निति बनाई समाधानमा पहल थाल्ने बताएका थिए ।
कोण सभामा बोल्दै समानुपातीक उम्मेदवार कोमल वलीले मतदातालाई सचेत र जिम्मेवार ढंगले मतदान गर्न आग्रह गर्दै स्थिर सरकार र समृद्ध नेपाल निर्माणका लागि एमालेको पक्षमा मत दिन अपिल गरिन् । कार्यक्रममा नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता हुदा मतदाता उत्साहित थिए । कोण सभाको सञ्चालन निर्वाचन परिचालन कमिटिका संयोजक श्याम डाँगीले गरेका थिए ।



तपाईंको प्रतिक्रिया