“ढुक्कका साथ मत दिनुहोस्, तपाईंको रोजाइलाई विश्वासमा बदल्नेछु” : घनश्याम पाण्डे
तुलसीपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा भव्य मोटरसाइकल र्याली निकालेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको र्याली क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा पुगेको थियो ।
तुलसीपुरबाट सुरु भएको र्याली बबई गाउँपालिकाको हंसपुर भई शान्तीनगर गाँउपालिका ५ रगैचामा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डे र समानुपातिक उम्मेदवार कोमल वलीले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै उम्मेदवार घनश्याम पाण्डेले युवाशक्ति राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै उत्पादनमुखी कार्यक्रम, सीपमूलक तालिम र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । उनले तुलसीपुर सहित पश्चिम क्षेत्रको समग्र विकासका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको समेत बताएका थिए । उनले ढुक्कका साथ मत दिएर निर्वाचित गराउन अपिल समेत गरेका थिए । जनताको एक मत विश्वासको आधार रहेको बताउदै विकासको ढोका खुल्ने समेत बताएका थिए ।
त्यस्तै समानुपातिक उम्मेदवार कोमल वलीले युवाहरुको क्षमता र सृजनशीलतालाई पहिचान गरी नीति निर्माणमा समेट्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले शिक्षा र उद्यमशीलतामा लगानी बढाउनुपर्नेमा जोड दिँदै युवालाई विदेश पलायन हुन नपर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन् ।
सयौं युवाको सहभागितामा रहेको र्यालीले राष्टियता र देश विकासमा युवाको भुमिका समेट्ने पार्टि एमाले नै भएको शन्देश दिन खोजिएको जिल्ला अध्यक्ष विवेक योगीले बताएका छन ।



तपाईंको प्रतिक्रिया