काङ्ग्रेस परित्याग गरेका बिमल रिजाल रास्वपामा प्रवेश

 २३ घण्टा अगाडि

दाङ ।  केही दिनअघि कांग्रेस परित्याग गरेका तुलसीपुरका व्यवसायी बिमल रिजाल रास्वपामा प्रवेश गरेका छन्। उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए। रिजाल तुल्सीपुर उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षसमेत हुन्।

पार्टी सभापति रवि लामिछानेले आइतबार रिजाललाई पार्टीको ( ब्याज )लगाएर स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश कार्यक्रममा रास्वपा केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी, दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदी, रास्वपा दाङ जिल्ला उपाध्यक्ष अर्जुन के.सी. तथा क्षेत्र नं. ३ का संयोजक बलिराम खत्री लगायतको उपस्थिति रहेको थियो। रिजालले १५ दिन अघि काग्रेस पार्टि परि त्याग गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया