अट्वारी पर्वको अवसरमा घोराही र तुलसीपुरमा सार्वजनिक विदा

 भदौ २५, २०७८

तुलसीपुर । थारु समुदायमा मनाईने अट्वारी पर्वको अवसरमा दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । अट्वारी पर्व आउदो आईतवार परेकोले एक दिनका लागी सार्वजनिक विदा दिने दिने निर्णय भएको तुलसीपुर उप महानगरपालिकाले जनाएको छ । नगरप्रवक्ता सुर्य बहादुर डाँगीले शुक्रवार एक सुचना जारी गदै तुलसीपुर क्षेत्रमा अधिक थारु समुदायहरुको बसोबास भएकाले सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गर्नुभएको छ ।

यस्तैगरी घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले एक सुचना जारी गदै सार्वजनिक विदा दिने निर्णय भएको बताउनुभएको छ । नगरकार्यपालिकाको शुक्रवारको निर्णय अनुसार भदौ २७ गते सार्वजनिक विदा दिईएको जारी सुचनामा उल्लेख छ । अट्वारी पर्व थारु समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

तपाईंको प्रतिक्रिया