स्वास्थ्य प्रवाहलाई थप प्रभावकारी बनाउन नगर प्रमुखको आग्रह

 भदौ ३०, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सेवा प्रवाहलाई थप शसक्त बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजनामा आयोजित दुई दिने पालिकास्तरिय बार्षिक गोष्ठि कार्यक्रमलाई सम्वोधन गदै उहाले यस्तो बताउनुभयो ।

कोरोना माहामारीको संकटको बेला पनि स्वास्थ्यकर्मीहरुले सक्रिय भुमिका निर्वाह गरेकोमा धन्यवाद दिदै नगरप्रमुख पाण्डेले स्थानिय स्वास्थ्य संस्थाले दिने सेवालाई आगामी दिनहरुमा अझ थप शसक्त भएर लाग्न आग्रह गर्नुभयो । नगरप्रमुख पाण्डेले हरेक स्वास्थ्यकर्मीहरुले आफु कार्यरत स्वास्थ्य संस्थाबाट हालसम्म भएका महत्वपुर्ण कामको समिक्षा गदै आगामी दिनमा गौरवपुर्ण कार्ययोजना तयार गर्न आग्रह गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको अवधारणा अन्र्तगत दिर्घकालिन रणनितिक योजना भित्र समृद्धी तुलसीपुर,सवैका लागी र सधैका लागी भन्ने संकल्प गरे अनुसार स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास गर्ने लक्ष्य रहेको उहाले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुरका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रस्तुत गरेको गत वर्षमा गरेका प्रगती प्रतिवेदनमा दुई दिन सम्म समिक्षा तथा छलफल हुनेछ । सोहि अनुसार आगामी कार्ययोजना तयार गरिने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया