कोरोनाबाट कैलालीका दुई जनाको मृत्यु

 असार ०३, २०७७

तुलसीपुर ,३ असार ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलालीका दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २२ पुगेको छ ।

गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४६ बर्षीय पुरुष को मृत्यु भएको छ ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पचाल सारिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

बरिस्ठ फिजिसियन डा. निराजन दत्त शर्माकाअनुसार अस्पतालमा ल्याउँदा उनलाई कडा खालको निमोनिया थियो । थप उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि सम्भव नभएको बताइएको छ ।

यस्तै लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा लागेको चोटठका कारण आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो ।

उनको मंगलबार साढे ११ बजेतिर उनको निधन भयो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

तपाईंको प्रतिक्रिया