तुलसीपुरमा २ संक्रमित थपिए, शान्तिनगरमा पहिलोपटक देखियो कोरोना

 असार ०४, २०७७


तुलसीपुर,४ असार ।

दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरका २ , घोराहीमा १ र शान्तिनगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शान्तिनगर गाउँपालिकामा पहिलोपटक संक्रमण देखिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको भ्युडहर माविको क्वारेन्टाईनमा रहेका ४७ बर्षिय पुरुष, मावि कालाखोला क्वारेन्टाईनमा रहेका २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी, शान्तिनगर गाउँपालिकाका स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ४८ बर्षिय एक पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया