तुलसीपुर महाेत्सवमा ज्याेति मगरकाे प्रस्तुति

 पुष १२, २०७८

तुलसीपुरमा जारी महोत्सवको १२अाै दिन आज पनि दर्शकको उत्साहपुर्ण सहभागीता रहेको छ । दर्शकको मागलाई मध्यनजर गर्दै एक दिन थप गरिएको महोत्सवमा आज ज्योती मगरले महोत्सव दर्शकलाई मनोरञ्जन दिएकि थिईन । अवेर मात्रै महोत्सवको स्टेजमा उक्लीएकि ज्योती मगरलाई दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए । बालवालीका देखि बृद्धबृद्धाहरु सम्म उनको प्रस्तुतीमा झुमेका थिए । युवायुवतीले उनको प्रस्तुतीलाई मज्जाले साथ दिएका थिए ।

चोरी खान पल्केको ढाडे विरालो, उहि मुलाको सिन्की लगायत एक पछि अर्को प्रस्तुती राखेकि ज्योतीलाई दर्शकले पुरै प्रस्तुती सम्म साथ दिएका थिए । यस्तै आज लोक गायक चन्द्र शर्मा लगायतका कलाकारले प्रस्तुती राखेका थिए । महोत्सवतको अन्तीम दिन भोली खेम सेन्चुरी लगायतका कलाकारले प्रस्तुती राख्ने सास्कृती उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभएको छ ।।

तपाईंको प्रतिक्रिया