भारतमा एकै दिन करिब १७ हजार संक्रमित थपिए

 असार ११, २०७७

दाङ, ११ असार ।

भारतमा कोरोना भाइरसबाट २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन् । त्यहाँ गत २४ घण्टामा १६ हजार ८ सय संक्रमित भेटिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख ७३ हजार पुगेको छ । त्यस्तै, बुधबार कोरोनाबाट भारतमा ४ सय २४ जनाले ज्यान गुमाएका छन् । योसहित त्यहाँ मृतकको संख्या १४ हजार ९ सय ७ पुगेको छ ।

भारतमा अहिलेसम्म २ लाख ७१ हजार ६ सय व्यक्ति उपचारपछि निको भएका छन् । अहिले त्यहाँ १ लाख ८६ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये ८ हजार ९४४ बिरामीको अवस्था गम्भीर छ । विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार संक्रमित थपिँदा ५ हजार ७१ जनाले ज्यान गुमाएका छन् ।

योसँगै संक्रमितको संख्या ९५ लाख २५ हजार नाघेको छ । जसमध्ये ५१ लाख ७५ हजार उपचारपछि घर फर्कंदा ४ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन् । 

तपाईंको प्रतिक्रिया