१५५ संक्रमित थपिए, २ जनाको मृत्यु

 फागुन १४, २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ५ हजार १५२ जनामा गरिएको परीक्षणमा १ सय ५५ जनामा संक्रमण देखिएको हो।

यस्तै आज ५ सय ४० जना संक्रमित संक्रमणमुक्त भएका छन भने २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरण अनुसार हाल देशभर ८ हजार ८३९ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९२ जना संक्रमित आइसियुमा र १४ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 

तपाईंको प्रतिक्रिया