थपिए १११ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर एक सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालभर नौ हजार सात सय १० जनामा गरिएको परीक्षणका क्रममा एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छ हजार चार सय ८६ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ९४ जनामा र तीन हजार दुई सय २४ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नेपालभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै चार सय १५ जनाका कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमित संख्या आठ हजार पाँच सय १७ रहेको छ ।




तपाईंको प्रतिक्रिया