जंगलमा २ युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

 असार २०, २०७७

कैलाली, २० असार ।

कैलाली जिल्लामा शुक्रबार जंगलको एकै स्थानमा मृत फेला परेका दुई युवतीको मृत्युको कारण अझै खुल्न सकेको छैन । शुक्रबार १२ बजेको समयमा धनगढी उपमहानगरपालिका ७ स्थित मिलन सामुदायिक बनेको बेली भन्ने जंगलमा दुई युवतीको शव भेटिएको थियो ।

चुरे गाउँपालिका घर भै धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको त्यस जिल्लाका प्रहरी प्रमुख अनुपमशम्शेर जबराले जानकारी दिए । ‘जंगलमा बिषादी फेला परेको र मुखबाट वोमिट आएको समेत देखिएको छैन’ जबराले भने, ‘कारण अझै खुल्न सकेको छैन ।’

घटनाको अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु आपसमा मिल्ने साथी रहेको प्रहरीको भनाई छ ।

तपाईंको प्रतिक्रिया