टाइफाइडविरुद्धको खोप अभियान सुरु
काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो । यता दाङका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा खोप कार्यक्रमको सुभारम्भ भएको छ ।
के हो टाइफाइड ?
म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, शरीर कमजोर हुँदै जाने जस्ता समस्या निम्तिन्छ । टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ । दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ ।




तपाईंको प्रतिक्रिया