युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी अमेरिका भ्रमणमा

 साउन ०४, २०७९

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन् । चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैंले अमेरिकी संसदलाई भर्चुअल सम्बोधन गरेका थिए । ह्वाइट हाउसका अनुसार, ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरिन् । बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए ।

ओलेनाले पनि अमेरिकी संसदमा सांसदहरुलाई पनि सम्बोधन गर्नेछिन् । उनीससँग युक्रेनको सरकारमा कुनै आधिकारिक विभाग छैन तर युक्रेनमा रुसले युद्ध सुरु गरेको करिब पाँच महिना भइसकेको छ । यस्तो अवस्थामा युक्रेनले अमेरिकाबाट थप सैन्य सहयोग र राजनीतिक सहयोग चाहन्छ ।

कंग्रेसले युक्रेनलाई करिब ४० अर्ब डलरको सहायता स्वीकृत गरिसकेको छ, जुन सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रूपमा प्रदान गरिनेछ । ओलेना जेलेन्स्काले युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टकी प्रमुख सामन्था पावरसँग पनि भेट गरेकी छन् । एजेन्सीले युक्रेनी सरकारलाई र मानवीय आवश्यकताहरूको लागि अरबौं डलर दिएको छ ।

तपाईंको प्रतिक्रिया