नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट
तुलसीपुर । नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ । धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बीएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो ।
यसअघि ओमिक्रोनको नयाँ प्रजाति बीए फाइब पुष्टि भएको थियो । बीएफ प्वाइन्ट वान बीए फाइब भेरियन्टको उपप्रजाति हो । यो भेरियन्ट अफ्रिका र अमेरिकामा समेत देखिएको थियो ।
चिकित्सकका अनुसार यो भेरियन्टले दीर्घ रोगीलाई बढी असर गर्छ ।




तपाईंको प्रतिक्रिया