प्रतीष्ठानमा १० वटा डाइलाशिस मेसिन थपिए

 साउन १३, २०७९

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १० वटा नयाँ डाइलाशिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार प्रतिष्ठानमा १० वटा डाइलाशिस मेसिन पठाइ दिएको हो । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलाशिस मेसिन आइपुगेको अस्पतालले जनाएको छ ।

नयाँ डाइलाशिस मेसिन सेटअप गरेर थप सेवा प्रतिष्ठानले दिने अस्पतालका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिएका छन् । दुई सिफ्टमा चलाईएको डाइलाशिस मेसिनबाट २४ जना मृगौला पिडित बिरामीले सेवा पाईरहेका छन । त्यस्तै स्वास्थ्य मन्त्रालयले हाड़जोर्नी शल्यक्रियाको लागि शल्यक्रिया  कक्षमा CArm X-ray मेशीन पनि प्रतीष्ठानमा आईपुगेको छ । 

तपाईंको प्रतिक्रिया