स्वास्थ्य राज्यमन्त्री केसीको पहलमा प्रादेशिक अस्पतालमा ८ वटा डाइलाशिस मेसिन थप

 साउन १४, २०७९

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप ८ वटा नयाँ डाइलाशिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा ८ वटा लाइलासिस मेसिन र पाँच वटा गोटा पेसेन्ट मनिटर पठाएको हो ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहल तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहको समन्वयमा डाइलाशिस मेसिन र मनिटर अस्पतालमा आइपुगेको अस्पतालले जनाएको छ ।

केही दिनमा नयाँ डाइलाशिस मेसिन सेटअप गरेर थप सेवा दिने अस्पतालले तयारी गरेको छ ।

तपाईंको प्रतिक्रिया