लगातार चार दिन भारी वर्षाको सम्भावना

 साउन ०४, २०७७

तुलसीपुर,४ साउन ।
आजदेख यही साउन आठ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्नेभन्दै सचेत रहन विभागले आग्रह गरेको हो । पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो ।

नेपालमा मनसुन सुरु भए यता एक महिनाको अवधिमा बाढी र पहिरोबाट भने एक सय १ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता बाढी र पहिरोबाट सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी एक सय एक जनाको मृत्यु भएको जनाएको हो ।

प्राधिकरणका अनुसार हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन् ।

तपाईंको प्रतिक्रिया