स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका उत्कृष्ट, तुलसीपुर तेस्रोमा

 असोज ०४, २०७९

तुलसीपुर । स्वास्थ्य कार्यालय दाङको आव २०७८/७९ को जिल्ला स्तरीय स्वास्थय कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमममा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको सूचाङ्कको आधारमा जिल्लामा उकृष्ट हुने पालिकाहरुलाई उत्कृष्टताको प्रमाण पत्र समेत प्रदान गरिएको छ। जसमा राप्ती गाउँपालिका प्रथम ,गढवा गाउँपालिका दोस्रो ,तुलसीपुर उपमहानगर पालिका तेस्रो र बंगलाचुली गाउँपालिकालाई सान्त्वनाको प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, जिल्लामा उत्कृष्ट जन स्वास्थ्य कर्मीको रूपमा राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुन र तुलसीपुर उपहानगरपालिकाका जन स्वास्थ्य प्रबर्द्धन शाखाका जन स्वास्थ्य निरीक्षक विमल केसिलाई कोभिडको समयमा कोभिड खोप लगायत कोभिड नियन्त्रणमा उत्कृष्ट कार्य गरेकोमा सम्मान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया