गाउमै श्वास्थ्य जाच गर्न पाउदा जेष्ठ नागरीक खुसी

 पुष ०४, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर – ११ का जेष्ठ नागरीकहरु गाउमै श्वास्थ्य जँंच गर्न पाउदा खुसी भएका छन । प्रेसर र सुगरका विरामीहरु जाच गर्न तुलसीपुर सम्म जानुपर्ने बाध्यता रहेकोमा घर नजिकै जचाउन पाउदा उनिहरु खुसी समेत भएका हुन । बेलटाकुरा श्वास्थ्य चौकीको आयोजना, वडा कार्यालय र जेष्ठ नागरीक वडा समितिको समन्वयमा आयोजनामा भएको एक दिने श्वास्थ्य जाचमा १ सय ५ जना जेष्ठ नागरीकले चेकजाच गराएका थिए ।

जेष्ठ नागरीकदिवा सेवा केन्द्र प्रिगाउमा ६० बर्ष माथिका ४० महिला र ६५ पुरुषको जाच गरिएको थियो । जेष्ठ नागरीक वडा समितिका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षता तथा ११ नम्बर वडा सदस्य तिलकराम थारुको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको उद्घाटन भएको थियो । उद्घाटन अवसरमा बोल्दै विशिष्ठ अतिथि जेष्ठ नागरीक नगर समितिका बरीष्ठ उपाध्यक्ष तिलक बहादुर बस्नेतले ग्रामिण भेगमा श्वास्थ्य कार्यक्रमको निरन्तर आयोजना गनुपर्ने बताएका थिए । सुगर र प्रेसर जचाउन बजार सम्म पुग्दा जेष्ठ नागरीकलाई समस्या हुने हुदा एक दिने निशुल्क जाचको आयोजना गरिएको उनले बताएका थिए ।

कार्यक्रममा बेलटाकुरा श्वास्थ्य चौकिका ईन्चार्ज चित्र बहादुर वली, नेत्रमणि शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण बरीष्ठ अहेव खड्ग बहादुर विसीले गरेका थिए । श्वास्थ्य चेकजाचमा बेलटाकुरा श्वास्थ्य चौकिको टिम खटिएको थियो ।

तपाईंको प्रतिक्रिया