विदेशबाट आउनेमा देखिन थाल्यो कोभिड ‘बीएफ सेभेन’

 पुष १७, २०७९

काठमाडौं ।  छिमेकी देश चीन‚ भारतका साथै विभिन्न देशमा कोभिड १९ को संक्रमण पुनः बढ्दै गएपछि पछिल्ला दिनमा विदेशबाट फर्कने व्यक्तिमा पनि कोभिड संक्रमण देखिन थालेको छ । एक हप्ता अघिसम्म त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिने यात्रुमा एन्टीजेन परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने गरेकोमा केही दिनअघि नेपाल भित्रिने हवाई यात्रुमा भने पोजेटिभ देखिन थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको हेल्थ डेस्कका अनुसार युएईबाट गत बिहीबार मात्रै एयर अरेबिया ३ एल ४५ नम्बरको विमानबाट नेपाल भित्रिएका एक युवकमा कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

चीन लगायतका देशमा संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने यात्रुमा देखिएको यो पहिलो केस रहेको डेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेले बताए । पाण्डेका अनुसार ती संक्रमितलाई आफूहरूले एम्बुलेन्समा राखेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको समेत बताए ।

तपाईंको प्रतिक्रिया