कोरोनाका सक्रिय संक्रमितको संख्या दुई सय नजिक
काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ जना पुगेको छ। चैत पहिलो हप्तासम्म १० जनाभन्दा थोरै रहेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक हप्तायता बढ्दै गएको संक्रमण दरले देखाएको हो ।
आइतबार ३८ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय १ जनामा गरिएको परीक्षणमा ३८ जना संक्रमित थपिएका हुन्। आइतबार १४ जना संक्रमणमुक्त भएका छन् । शनिबार पनि ३८ जना संक्रमित थपिएका थिए ।
गत २४ घन्टामा नेपालभर १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




तपाईंको प्रतिक्रिया