कपुरकोटका किसानबाट २ करोड बढीको तरकारी बिक्रि

 साउन २२, २०७७

तुलसीपुर,२२ साउन ।

सल्यान कपुरकोट क्षेत्रका किसानहरुले २ करोड बढी रकमको ताजा तरकारि तथा फलफुल विक्रि गरे्का छन । कृषि उपज बजार केन्द्र कपुरकोटले दिएको जानकारि अनुसार बेमौसमी तरकारि र फलफुल विक्रि गरेर किसानहरुले मनग्य आम्दानी गर्न सफल भएका हुन् । गएको जेठ २० देखि असार ३१ गते सम्म दुई करोड ८८ लाख १५ हजार दुई सय १० रुपैयाँको तरकारि विक्रि गरेका किसानहरुले साउन यता झन तरकारिको उचीत मुल्य पाएका हुन् ।

साउन देखी १८ साउन सम्म दुई करोड १९ लाख ९ हजार ५१९ रुपैयाँ बराबरको तरकारि कपुरकोट क्षेत्रबाट निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटका सचिव तिलक शर्माले जानकारि दिए । ४ लाख ५३ हजार ५५२ किलो बराबरको ताजा तरकारि, ७ हजार ४०५ किलो अदुवा र ५ हजार ३८० किलो फलफुल कपुरकोट क्षेत्रबाट १८ दिनको अवधिमा जिल्ला निकासी भएको छ ।


जेठ असारमा तरकारिको राम्रो मुल्य नपाएको गुनासो गरेका किसानहरुले साउन यता भने उचीत मुल्य पाइरहेको बजार केन्द्रले जनाएको छ । कपुरकोट क्षेत्रको तरकारि नेपालका प्रमुख शहर बजारहरु बुटवल, धनगढी, नेपालगञ्ज, नारायणगढ, घोराही, तुलसिपुर, लमही लगाएतका क्षेत्रमा जाने गर्दछ ।।

तपाईंको प्रतिक्रिया