चीनबाट ल्याइयो २० हजार मात्रा एचपीभी खोप

 असार २१, २०८०

काठमाडौं  । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए । उनले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिने बताए ।

उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ । सरकारले चीनबाट पहिलो पटक यो खोप खरिद गरेर ल्याएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताए । नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उनले जानकारी दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार दिनमा ६  महिलाको मृत्यु हुने उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया