लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको प्रगती ६२ प्रतिशत
देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागी आबश्यक निर्देशिका ÷कार्यविधि साउन महिना भित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । स्वास्थ्य मन्त्रालयको गत आर्थिक वर्ष २०७९÷८० को प्रगती समिक्षा तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना माथिको छलफललाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले कार्यविधि नभएको वा अन्य कुनै बाहनामा बजेट कार्यान्वयनमा ढिलाई नगर्न निर्देशन दिनुभएको हो ।
चालु आर्थिक वर्ष कार्यान्वयन हुने गरि स्वास्थ्यमा नयाँ कार्यक्रम आएको भन्दै मन्त्री खनालले ती कार्यक्रम कार्यान्वयनका लागी आबश्यक निर्देशिका यो महिना भित्र बनाएर भदौदेखी कार्यान्वयनमा जान निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्री खनालले मन्त्रालय मातहतका अस्पतालमा प्रदान गरिएका उपकरणहरु सम्बन्धीत अस्पतालमा प्रयोगमा नआएको भए ती उपकरण आबश्यक भएका अन्य अस्पतालमा लगेर भए पनि प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । छलफलका क्रममा कतिपय सामग्री मन्त्रालयबाट खरिद गरि अस्पतालहरुमा दिइए पनि प्रयोगमा नआएको विषय उठेपछि मन्त्री खनालले भएका सामग्री आबश्यक परेका अस्पतलामा प्रयोगमा ल्याउन र नचल्ने अबस्थामा भए मर्मत गरेरै भएपनि प्रयोगमा ल्याउन भन्नुभयो ।
विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य गर्न खर्च नहुनुको कारण पत्ता लगाई भएका समस्या समाधान गरेर समयमै बजेट खर्च भई उपलब्धी हाँसिल गर्नतर्फ लाग्न कर्मचारिहरुलाई आग्रह गर्नुभयो । समिक्षा कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विभिन्न शाखा महाशाखाले गत आर्थिक वर्षमा गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए । गत आर्थिक वर्षमा मन्त्रालय स्थानान्तरण, कर्मचारि अभाव, भवन निर्माणको जिम्मा लिएका निकायले समयमै काम नगर्नु लगायतका कारण मन्त्रालयले लक्ष्य अनुसारको काम गर्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको समग्र प्रगती ६२ दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख छ ।




तपाईंको प्रतिक्रिया