रुकुम पश्चिममा दुई गाँउका विच झडप: ३ जना गम्भीर घाईते

 बैशाख २८, २०७७


हिरा परियार,रुकुम पश्चिम, २८ बैशाख ।

रुकुम पश्चिममा स्थानियहरु विच झडप हुदा ८ जना घाईते भएका छन । जिल्लाको आठसिकोट नगरपालिका वडा नम्बर ३ स्यालाखदीमा दुई गाँउका विच झडप हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सुन्तला पकेट क्षेत्रको सिँचाई र स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण लगाएतका विषयमा बिबाद हुँदा सो वडा को तल्लोगाऊँ र माथी गाऊँका स्थानियहरु विच झडप भएको हो ।

झडपमा परी म्भीर घाइते हुनेमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेद्वार बनेका ४६ वर्षीय गोपाल बोहरासहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन् । उनिहरुलाइ थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । अरु ५ जनाको अवस्था भने सामन्य रहेको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीका अनुसार वडा अध्यक्ष केशरमान विक र स्थानीय अमृत बोहरा को समूहबीच झडप भएको हो । अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

तपाईंको प्रतिक्रिया