तिलहरी लुटेर भाग्दै गरेका युवा प्रहरीको नियन्त्रणमा

 साउन ३२, २०८०

दाङ । सल्यानबाट छोराको होटेलमा आउदै गरेकी एक महिला तुलसीपुरमा लुटपाटमा परेकी छन् । तुलसीपुर बसपार्कमा नास्ता पसल सञ्चालन गरेका छोरालाई भेट्न आएकी सल्यान कुमाख गाउँपालिका-३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१० बिजौरीका १८ वर्षीय नविन सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । सल्यानबाट बसपार्कमा झरेर ति महिलाले छोरा-बुहारीले संचालन गरेको नास्ता पसल खोज्दै गरेको अबस्थामा सुनारले त्यो पसलमा लगिदिने भन्दै बसपार्कको पुल नजिकै लगेर घाँटीमा लगाएको तिलहरी लुटेर भागेका थिए ।

 

तपाईंको प्रतिक्रिया