सुन प्रकरणमा महरा संलग्न भए कारबाही : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् ।
माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शंका गरेको पाइएको भन्दै उनले जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे । उनले शान्ति प्रकियामा आएपछि माओवादी पनि बिग्रिएको स्वीकार गर्दै अब अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द हुँदै पार्टीलाई रूपान्तरण गर्ने बताए ।




तपाईंको प्रतिक्रिया