बुटवलमा भदाै ५ सम्म लकडाउन

 साउन २९, २०७७

रुपन्देही,२९ साउन ।

  बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो । बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार रातिदेखि लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो ।

लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ । 

तपाईंको प्रतिक्रिया