श्री–भक्त स्मृति कप: बेलटाकुरा ‘बी’, कचिला र मावि उरहरी विजयी

 असोज २०, २०८०

बेलटाकुरा । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा स्थित डोजाङ युवा क्लबको आयोजनामा सञ्चालित फुटवल प्रतियोगिता जारी छ । बिजया दशमी तथा शुभ दिपाबलीको अवसरमा आयोजित नकआवट फुटवल प्रतियोगितामा आज बेलटाकुरा बी , कचिला र अमर माविको टिम विजयी भएका छन । पहिलो खेलमा गौरीगाउलाई बेलटाकुरा बी टिमले हराएको थियो । निर्धारीत समयमा बराबर भएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो । बेलटाकुरा बी टिमका गोल किपर भाष्कर चन्दले उत्कृष्ट बचाउ गर्दै ५ -३ गोल अन्तरले जित निकाल्दै फाइनल प्रबेशको यात्रा अघि बढाएको छ ।

यस्तै दोस्रो खेलमा कलिचा बिजयी भएको छ । उस्ले बेलटाकुरा सी टिमलाई २- ० ले हराएको हो । दर्शकको उल्लेख्य उपस्थिती रहेको खेल निकै रोमाञ्चक थियो । पहिलो हाफमा १ गोल हानेको कचिलाले दोस्रो हाफ थप १ गोल हानेको थियो । बेलटाकुरा सी टिमले केहि राम्रो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको थियो । यस्तै, अर्को खेलमा अमर मावि बिजयी भएको छ । उस्ले कचिलिलाई पेनाल्टी मार्फत १-० ले हराएको हो । निर्धारित समयमा १/१ गोलको बराबर भएपछि खेल पेनाल्टीमा गएको थियो । ५/५ जनामा बराबर भएपछि १/१ जनाले हानेकोमा पुन: बराबर हुदा फेरी १/१ जनाले पेनाल्टी हानेको थिए ।

यसैविच, भोली पहिलो खेल टरीगाउ र बेलटाकुरा बि विच विहान हुनेछ भने दोस्रो खेल कचिला र कटकुईया विच दिउसो हुने आयोजकले जनाएको छ । आजको खेलमा एम्पाएरको भुमिका हरी केसीले निभाएका थिए । सवारी दुर्घटनामा ज्यान गुमाएका फुटबल खेलाडीहरु श्रीधर चन्द र भक्त पुन मगरको सम्झनामा प्रथम श्री–भक्त स्मृति कप खुल्ला फूटबल प्रतियोगिताको फाईनल खेल २२ गते हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई खसी,मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई साढो, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया