बौलाहा कुकुर नियन्त्रणका लागी बन्ध्याकरण

 मङि्सर २०, २०८०

कपिल लामिछाने, तुलसीपुर । सामुदायिक कुकुर बन्ध्याकरण गरि रेविज रोग नियन्त्रण गरौ भन्ने मूल नाराका साथ मिति २०८० मंसीर १९ गतेदेखि मंसीर २२ गते सम्म सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को प्राङ्गणमा सुरु भएको छ ।भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को समन्वय एव एचएआरटिको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

समाजमा बढ्दै गईरहेको भुसिया कुकुरहरुको बिगबिगी र छाडा कुकुरहरुले मच्चाईरहेको आतङ्कलाई नियन्त्रण गर्न तुलसीपुर(१८ ले मिति २०८० मंसीर ११ गते सरोकारवालाहरु सँग छलफल गरि काम अघि बढाएको थियो । सोहि अनुरुप आज बिहान तुलसीपुर – १८ अन्तर्गत दुधरास, अक्कासी, सातकुले, मनिकापुर बाट ४५ वटा कुकुरहरु छोपी ति कुकुरहरुलाई जेविज बिरुद्धको खोप र उनिहरुको बन्ध्याकरण गरिएको थियो ।

आज सामुदायिक कुकुर बन्ध्याकरण उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले समाजमा अहिले बौलाहा कुकुरहरुले स्कुल हिड्दै गरेका, बाटो हिडदै गरेका मानीसहरुलाई टोकी उनिहरुलाई घाईते बनाएको जन गुनासो आईरहेकोले यसलाई नियन्त्रण गर्न जरुरी ठानी वडा नं १८ ले समन्वय गरेको कामको प्रसंसा गर्नुभयो । कार्यक्रममा भेटनरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रका प्रसासन शाखा प्रमुख शेर बहादुर केसी, पशु बिकास अधिकृत प्रतिमा बिष्ट, ज्ब्च्त् का चेयर पर्सन खगेश्वर भट्टराई लगाएतले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रम तुलसीपुर(१८ का वडा सदस्य शितल प्रसाद बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण तुलसीपुर(१८ कि वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया