बालपोषणमा सुधार गर्न अन्तरक्रिया

 मङि्सर २६, २०८०

तुलसीपुर । उरहरी स्वास्थ्य चौकि बेलटाकुराको आयोजनामा बाल स्वास्थ्य र पोषण बिशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक तथा उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा जनस्वास्थ्य प्रवर्धन महाशाखा तुलसीपर का प्रमुख ओम प्रकाश न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधीकारीहरु, महिला स्वास्थ्य स्वयंसेविका हरु, आमाहरू, र सरोकारवालाहरुको उपस्थितिमा संचालित सो कार्यक्रममा बच्चाको पोषण अवस्था १५ पटक भन्दा बढी लेखाजोखा गर्ने ९२४ महिनाको उमेर भित्र० आमाहरू र बच्चाहरु ७ जनालाई सम्मान गरिएको थियो । उरहरी ओटिसिमा कुपोषणको उपचार पश्चात निको भएका ५ जना बालबालिका र अभिभावक हरुलाई समेत सम्मान गरिएको थियो ।

शिशु जन्मे देखि २४ महिना पुग्दा सम्म पोषण अवस्था लेखाजोखा गर्ने क्रममा कम्तीमा महिनामा १ पटक अनिवार्य वृद्धि अनुगमन र परामर्श सेवा लिनुपर्ने व्यवहार लाई जोड दिन र समाजमा कुपोषित बालबालिकाहरू लाई उपचार गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरीएको श्वास्थ्य चौकिका प्रमुख चित्र वलीले जानकारी दिएका छन ।

श्वास्थ्य चौकि ब्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रमको सञ्चालन
सिनियर अहेब खड्ग बहादुर बस्नेतले गरेका थिए ।

तपाईंको प्रतिक्रिया