बलात्कार आरोपमा तलसीपुरमा एक जना पक्राउ

 भदौ ०५, २०७७

तुलसीपुर, ५ भदौ ।

बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । ७ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बाट १७ बर्षका एक जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

२० बर्ष उमेर नपुगेकाले आरोपीको नाम नखुलाएको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया