दुई वर्ष भित्रै कोरोना नियन्त्रणमा आउन सक्ने

 भदौ ०६, २०७७

भदौ, ६ ।
विश्व स्वास्थ्य संगठनले कोरोना महामारी दुई वर्ष भन्दा कम समयमै नियन्त्रण आउन सक्ने बताएको छ । संगठनका प्रमुख डा टेड्रोस एड्हनोम घेब्रियेससले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लूको तुलनामा कोरोना महामारी लाई चाँडै नियन्त्रणमा ल्याउन सकिने बताउनुभयो । उहाँले कोरोना महामारीले पुरै विश्वलाई आफ्नो चपेटामा लिइसकेको भएपनि दुई वर्षमा यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।

स्पेनिश फ्लूका कारण १९१८ फेब्रुवरीदेखि १९२० अप्रिल सम्मको अवधिमा विश्वभर झन्डै २ करोड मानिसहरुको मृत्यु भएको भन्दै डा टेड्रोसले स्पेनिश फ्लूको भन्दाकोरोना सङ्क्रमितको मृत्यु हुने दर कम रहेकाले र निको हुने पनि बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिक्रिया