कोरोना संक्रमणबाट एक सातामा ५५ जनाको मृत्यु

 भदौ ०८, २०७७

 काठमाडौं, ७ भदौ । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।

यससँगै मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया