लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको नाम टुंगो, दाङबाट सीता चौधरी मन्त्री बन्ने

 साउन ०८, २०८१

दाङ | नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा जाने ४ मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

एमालेबाट रुपन्देहिका भूमिश्वर ढकाल, पाल्पाका दिनेश पन्थी, गुल्मिका खेमबहादुर सारु मगर र दाङकि सीता चौधरीले मन्त्री बन्न लागेकाे एमालेका एक नेताले बताएका छन । मन्त्रिहरुले भाेलि शपथ लिने तयारी छ । मन्त्रालय भने टुङ्गिएकाे छैन | 

तपाईंको प्रतिक्रिया