तुलसीपुर – ११ मा वडाध्यक्ष कपको उद्घाटन मन्त्री ढकालले गर्ने

 कार्तिक ०३, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता भोली देखि सुरु हुने भएको छ। प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमीस्वर ढकालले उद्घाटन गर्ने वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिएका छन।

अमर मावि उरहरीकाे खेल मैदानमा हुने प्रतियोगितामा वडा नम्बर ११ भित्रका ११ टिमको सहभागीता रहेको छ । प्रथम हुने टिमलाई ४० हजार हजार रुपैयाँ नगद, मेडल तथा ट्रफी त्यसैगरी दोस्रो हुनेले २५ हजार नगद सहित पुरस्कृत गरिने छ । खेल क्षेत्रको विकास तथा प्राेत्साहनकाे लागि वडाले प्रत्येक बर्ष वडाध्यक्ष कपको आयोजना गर्दै आएको छ । प्रतियोगितामा सहभागिताको लागि वडाले सबैमा अनुरोध समेत गरेको छ।

तपाईंको प्रतिक्रिया