तुलसीपुर -११ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता हुँदै

 कार्तिक ०७, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ११ ले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडाको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १० गतेदेखि १४ गते सम्म अमर माध्यमिक विद्यालय उरहरीको खेल मैदानमा सञ्चालन हुने वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिएका छन । वडाले एक सूचना जारी गर्दै १९ वटै वडाबाट खेलाडीहरूले सहभागिता जनाउन सक्ने जनाएको छ ।

प्रतियोगितामा वडा नम्बर ११ को हकमा दर्ता शुल्क लाग्ने छैन अन्यवडाको हकमा २ हजार बुझाई टिम दर्ता गर्न सकिने जारी सूचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागी हुन वडा कार्यालयको सिफारिस र नागरिकताको प्रमाण पत्र लिई ९ गते भित्र दर्ता गरिसक्नुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार र द्वितीयले २० हजार पुरस्कारको व्यवस्था गरिएको छ । क्रिकेट खेलको विकास लागि उपमहानगर स्तरीय प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष रावतले बताएका छन ।

तपाईंको प्रतिक्रिया