भ्रष्टाचार निर्मूल पार्न माओवादी सरकार आवश्यक: प्रचण्ड

 जेठ १०, २०८२

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको बताएका छन्।

माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए।

मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने उनले बताए।

तपाईंको प्रतिक्रिया