युवा विद्यार्थीहरुले भने- ‘गणतन्त्रकै कारण जनताले परिवर्तन महसुस गरे’
तुलसीपुर । लामो संघर्षपछि प्राप्त भएको गणतन्त्रको विकल्प नरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेका गणतन्त्र हाम्रो भरोसा विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमका बोल्ने वक्ताहरुले गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका हुन् । उनीहरुले नागरिकको जीवनपद्धतीमा सकारात्मक परिवर्तन ल्याउने गणतन्त्र नै भएको धारणा व्यक्त गरेका हुन् । उनिहरुले गणतन्त्र स्थापना पश्चात् जनतामा देशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सकारात्मक परिवर्तन महसुस हुँदै गएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले राजनितीक परिवर्तनले नागरिकको जीवन र समृद्धिमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । गणतन्त्रप्रति विश्वास बृद्धि गर्नका लागि सबैजना दलिय र व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा विशिष्ठ अतिथी प्रेस चौतारी नेपाल लेम्बिनी प्रदेशका इन्चार्ज टिका बहादुर बस्नेत, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले स्वतन्त्रताको स्थापना गणतन्त्रले ल्याएको भन्दै यसको विकल्प खोज्नुभन्दा पनि गणतन्त्रको उपलब्धी रक्षा गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
वक्तृत्वकला प्रतियोतिामा दाङमा संचालित क्याम्पसका स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनिहरुले आज जनतामा आएको परीवर्तन गणतन्त्रले गर्दा भएको बताएका थिए । उनिहरुले यसलाई जोगाउन सबै लाग्नुपर्ने बताएका थिए । प्रतियोगितामा मेट्रो कलेजका पारस वली प्रथम, रोश्नी थापा द्धितिय र राप्ती बबई क्याम्पसका केवी वली र भिक्टोरिया कलेज घोराहीका प्रमिता चौधरी तृतीय भएका थिए । प्रथम हुनेले ५ हजार, द्धितिय हुनेले ३ हजार र तृतीय हुनेले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । प्रेस चैतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विषय प्रवेश प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य दुर्गालाल केसीले गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर कमिटिका अध्यक्ष बसन्त परियारले गर्नु भएको थियो ।




तपाईंको प्रतिक्रिया