आईपीओ निष्काशनको लागि बन्दीपुर केबुलकारले पायो अनुमति

 असार १९, २०८२

काठमाडौँ । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बिहीबार बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा अंकित मूल्य १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको छ । केयर रेटिङमा कम्पनीले नेपालबाट बीबी रेटिङ पाएको छ ।

निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । कम्पनी पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्ने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया