दाङमा सौतेनी छोराको हत्या गर्ने आमा २३ वर्षपछि पक्राउ

 साउन २२, २०८२

दाङ । दाङमा प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ बर्षपछि पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।

उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० बर्ष कैद सजाय उहिबेला तोकेको थियो । उनले आफ्नो श्रिमानको जेठी श्रीमतीबाट छोरा ९ बर्षिय शरद शर्माको हत्या गरेकि थिईन । अदालतले पिडक शर्मालाई अनुसन्धान गरि २०६० साल असोज २६ गते १० बर्ष कैद सजायको फैसला गरेको थियो । फरार शर्मालाई प्रहरीले खोजी गर्दैजाँदा काठमाडौमा लुकिछिपि बसेको सुचना पाएको थियो । इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी काठमाडौ नै पुगेर पक्राउ गरि ल्याएको गढवा प्रहरी प्रमुख डबलबहादुर बमले जानकारी दिए ।

२०८२ साल साउन २० गते विहान साढे ८ बजे फरार शर्मालाई काठमाडौ महानगरपालिका वडा नम्बर-२६ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार शर्मा आफ्ना छोरा केशबराज शर्मा सँग काठमाडौ महानगरपालिका-९ गोंगबुमा बस्दै आएको खुलेको छ ।

उनी लुकिछिपी दाङ-काठमाण्डौ आउजाउ गरिरहने सुचना पाएपछि प्रहरी काठमाण्डौ नै पुगेको हो । इलाका प्रहरी कार्यालय गढवाको कार्य क्षेत्र भित्र कुनैपनि अपराधका घटनाहरु हुन नदिन र भएकाहरुको फाईल रेकर्ड खोजेर कानुनी दायरामा ल्याउनेगरि काम तिब्र भईहेको प्रहरी प्रमुख बमले जनाए ।

तपाईंको प्रतिक्रिया