अष्टिमिष्ट क्लबले बाड्यो ६५ जना विद्यार्थीलाई न्यानो कपडा
तुलसीपुर । अष्टिमिष्ट क्लब अफ तुलसीपुर दाङले न्यानो कपडा वितरण गरेको छ । क्लवले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६५ जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरेको हो ।
बर्ष २०२५ /०२६ को पहिलो कार्यक्रम अन्र्तगत समाजमा रहेका अतिबिपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेको हो । आगामी दिनमा पनि ग्रामीण भेगमा यस्तै सामाजिक कार्यलाई जोड दिने क्लवका अध्यक्ष नोबेल डिसीले बताए । आफ्नो बैबाहिक बर्षगाठको अवसरमा आफु नेतृत्वको क्लवबाट सामुदायिक विद्यालयका विद्यार्थीको सहजताको लागि पोशाक वितरण गरिएको उनले बताए ।
क्लवका अध्यक्ष नोबेल डिसीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन महासचिव दिपक बोहराले गरेका थिए ।



तपाईंको प्रतिक्रिया