पतञ्जली योग समिति दाङद्वारा बृहत योग जागरण

 मङि्सर २८, २०८२

दाङ ।

पतञ्जली योग समिति दाङको आयोजना तथा पतञ्जली योग मुना साधना केन्द्र मलद्वार दाङको व्यवस्थापन र महिला पतञ्जली योग समिति दाङ युवा नेपाल समिति दाङ र आचार्य कुलम दाङको समन्वयमा आज तुलसीपुर १५ स्थित मुना योग साधना केन्द्र मलवार दाङमा आज बिरहत योग जागरण कार्यक्रम सम्पन्न भएको छ।

पतञ्जली योग साधना केन्द्रका जिल्ला अध्यक्ष बिनोद चौधरीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा योग ध्यान प्राणायाम तथा स्वस्थ जीवनशैलीका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। रिता न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो। ।

सहभागीहरुलाई योगलाई दैनिक जीवनमा आत्मसात गर्न प्रेरित गर्दै शारीरिक मानसिक तथा आत्मिक सन्तुलन कायम राख्न योगको भूमिका बारे प्रकाश पारिएको थियो। वक्ताहरूले योग र आयुर्वेदको माध्यमबाट सामाजिक सकारात्मक परिवर्तन ल्याउन सकिने बताउँदै अनुशासित जीवन नैतिक मूल्य र सेवाभावको महत्त्वमा जोड दिएका थिए। कार्यक्रममा महिला युवा तथा विभिन्न वर्गका व्यक्तिहरूको उल्लेखीय सहभागिता रहेको थियो। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा  विशाल रली धम्कापुरचोकबाट सुरु भई इलाका प्रहरी कार्यालय हुँदै कार्यक्रम स्थलमा समापन गरिएको थियो।

तपाईंको प्रतिक्रिया