काँग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष रास्वपामा प्रवेश

 ९ घण्टा अगाडि

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का पूर्व वडाध्यक्ष परसु नारायण चौधरी,पूर्व प्रधानपञ्च स्यामलाल चौधरीसहितका ब्यक्तीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीका ३ नम्बर क्षेत्रीय संयोजक बलिराम खत्रीका अनुसार उनीहरुसहित काँग्रेसका पूर्व वडा सभापति खुसल खड्का, काँग्रेस क्षेत्रीय प्रतिनिधि इन्जिनियर रवि खड्का, एमालेका पूर्व वडा सदस्य गेहेन्द्र चौधरी, आइटि कम्पनीका एमडी आकाश चौधरी, काँगेस वडा सचिब दिलबहादुर चौधरी, काँग्रेस पूर्व वडा सभापति दुर्गा खड्का, पूर्व डुरुवा गाविस सभापति खुसल खड्का, एमालेका तिर्थराज केसी, काँग्रेसका पूर्व वडा सदस्य पूर्ण चौधरीसहितका ब्यक्ती रास्वपामा प्रवेश गरेका हुन् ।

काँग्रेस एमालेसहितबाट प्रवेश गरेका उनीहरुलाई विहीबार स्वागत गरिएको हो । उनीहरुले केही समय अघि सामूहिक रुपमा पार्टी परित्याग गरेका थिए ।

तपाईंको प्रतिक्रिया