पालिका र जिल्ला अधिवेशन गर्ने विद्यालय कर्मचारी परिषद् दाङको निर्णय

 फागुन ०३, २०८२

दाङ ।नेपाल विद्यालय कर्मचारी परिषद् दाङले पालिका र जिल्ला अधिवेशन निर्धारित समयभित्रै गर्ने निर्णय गरेको छ ।शनिबार घोराहीको गिठेपानीमा सम्पन्न भएको कर्मचारी परिषद्को जिल्ला बैठकले फागुन ३० गतेभित्र जिल्लाका १० वटै पालिकाको अधिवेशन गर्ने र चैत ७ गते घोराहमीमा जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

जिल्लाको १० वटै पालिका अधिवेशनलाई तोकिएको समयमा सम्पन्न गर्नका लागि परिषद्को जिल्ला कार्यसमितिमा रहेका पदाधिकारीहरुलाई जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ । जसअन्तर्ग बबई गाऊँपालिकामा लिला वली,दंगीशरण र शान्तिनगर गाऊँपालिकामा तप्त प्रसाद शर्मा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाऊँपालिकामा घनबहादुर रावत,लमही नगरपालिका,राप्ती गाऊँपालिका,गढवा गाऊँपालिका र राजपुर गाउँपालिकामा छत्र बहादुर चौधरी,तुलसीपुर उपमहानगरपालिकामा किरण नेपालीलाई जिम्मेवारी तोकिएको छ ।

यसैबिच बैठकले जिल्ला अधिवेशनलाई प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि नेपाल विद्यालय कर्मचारी परिषद्का जिल्ला कोषाध्यक्ष छत्र बहादुर चौधरीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति समेत गठन गरेको छ ।जसको सदस्यहरुमा पूर्ण बहादुर बि.क.,घनबहादुर रावत,निम बहादुर वली,तेज प्रसाद पौडेल,मीना भण्डारी,लोकबहादुर खड्का,प्रेम कवँर,चन्द्र बहादुर पुन रहनु भएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् दाङका अध्यक्ष तप्त प्रसाद शर्माको अध्यक्षता एंव लुम्बिनी प्रदेश अध्यक्ष गोबिन्द जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको सहजिकरण जिल्ला सचिव घनबहादुर रावतले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया