झण्डा जलाउनेलाई कारबाहीको माग गर्दै सिडियोलाइ ज्ञापनपत्र

 फागुन ०८, २०८२

तुलसीपुर । तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको भन्दै चौतर्फि रुपमा विरोध भैरहेको छ । रास्वपाका सभापति रवि लामीछाने विहिवार बेलुका तुलसीपुरमा आउने भनेपछि भेला भएका रास्वपाका कार्यकर्ताहरुले एमाले अध्यक्ष केपी ओली विरुद्ध चर्को नारा लगाउदै पार्टीको झण्डा जलाएका थिए ।

यसको विरोधमा अनेरास्ववियु र युवा संघले जिल्ला प्रशासनमा आज ज्ञापनपत्र बुझाएका छन । उनिहरुले २४ घण्टे अल्टिमेटम सहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन । अनेरास्ववियु र युवा संघ घोराही नगर कमिटिको संयूक्त टोली प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा प्रशासनले कारवाही नगरे शसक्त प्रतिवादमा उत्रने चेतावनी दिइएको छ । युवा संघ नगर अध्यक्ष शाहस घर्ति र अनेरास्ववियुका नगर अध्यक्ष राजिव विक्रम शाह सहितको टोली प्रशाुसनमा पुगेर ज्ञापन पत्र बुझाएका हुन ।

यस्तै झण्डा जलाउने काममा संलग्न रास्वपा कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न एमाले दाङले माग गरेको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यले शुक्रबार विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

 

तपाईंको प्रतिक्रिया