नयाँ पुस्ताको नेतृत्व खोज्दै निर्मल केसी

 ४ घण्टा अगाडि

तुलसीपुर । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै निष्ठावान् र समर्पित युवा नेताको छवि बनाएका निर्मल केसीले अब नयाँ पुस्ताले नेतृत्वमा आउने समय भएको बताएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमले युवापुस्तामा नयाँ आशा र उत्साह थपेको उल्लेख गर्दै उनले अब निर्णय गर्ने तहमा युवाको उपस्थिती अपरिहार्य रहेको धारणा व्यक्त गरेका हुन्।

नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका केसी सानै उमेरदेखि पार्टीको सिद्धान्त, लोकतान्त्रिक मूल्य र समाजसेवाको भावनाबाट प्रेरित हुँदै संगठनमा सक्रिय रहँदै आएका छन्। राजनीति केवल पद प्राप्तिको माध्यम नभई समाज परिवर्तन र जनसेवाको माध्यम हुनुपर्ने उनको भनाइ छ ।

“अब युवाले नेतृत्व गर्ने बेला आएको छ । स्थानीय तहदेखि प्रदेश र संघसम्म नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको उपस्थिती आवश्यक छ,” केसीले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ को समग्र विकास, सुशासन र जनसेवालाई केन्द्रमा राख्दै आफूलाई नेतृत्वको तयारीमा अघि बढाएको उनले बताएका छन्। पार्टी संगठन निर्माण, जनताका समस्या समाधान तथा सामाजिक गतिविधिमा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका कारण वडा तहमा आफूलाई बलियो रूपमा स्थापित भएको उनको दाबी छ।

केसीले अघि सारेका मुख्य योजनाहरू यस्ता छन :

🔹 कांग्रेसको सांगठनिक सुदृढीकरण
वडा तहमा पार्टीलाई थप एकताबद्ध, सक्रिय र जनतामाझ भरोसायोग्य बनाउने।

🔹 पारदर्शी र जनमुखी सुशासन
वडाको स्रोत–साधनको पारदर्शी उपयोग गर्दै भ्रष्टाचारमुक्त र सेवामुखी प्रशासन सञ्चालन गर्ने।

🔹 युवा र कृषिलाई प्राथमिकता
युवालाई स्थानीय स्तरमै रोजगारी र स्वरोजगारसँग जोड्ने तथा कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिने।

🔹 विकासको नयाँ मोडेल
शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासमार्फत वडा नं. ११ लाई उपमहानगरकै नमुना वडा बनाउने।

तपाईंको प्रतिक्रिया