टरिगाउँ विमानस्थल स्तरोन्नती नभएको भन्दै सांसद आचार्यको चिन्ता

 २ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले टरिगाउँ एयरपोर्टको अवस्था बारे सदनमा जानकारी गराएका छन् । रास्वपा सांसद आचार्यले २०११ सालमा स्थापित टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङ र सल्यान, प्युठान, रुकुम पूर्व र पश्चिमका १८ लाख नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने यो एयरपोर्ट स्तरोन्नतिमा समग्र भूभागको आर्थिक समृद्धिको चाबी लुकेको छ,’  आचार्यले भने, ‘कि त त्यो क्षेत्रलाई एयरपोर्ट बनाएर समृद्ध हुने मौका दिनुपर्यो । होइन भने तिमीहरु आर्थिक रूपमा समृद्ध नबन, तिमी दूर नै छौ, तम्लाई झिकैझिकै माया छैन भनेर भन्नपर्यो‌ ।’

देशका हरेक ठाउँका नागरिकले आफूले मागेको पूर्वाधार नपाएकोमा वैज्ञानिक, न्यायिक र पारदर्शी विनियोजन आधार माग्ने हक राख्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया