अहिलेको सरकार संसदप्रति उत्तरदायी छैन : महासचिब पोख्रेल

 १० घण्टा अगाडि

तुलसीपुर । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले यो सरकार संसदप्रति उत्तरदायि नभएको बताएका छन । हरेक सरकार संसदप्रति उत्तरदायि हुनुपर्नेमा अहिलेको सरकार संसददेखि भागिरहेको भन्दै यसले मुलुकलाई सही ढंगमा लैजाने कुरामा शंकास्पद रहेको बताएका छन । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब पोखरेलले यस्तो बताएका हुन । उनले समग्र लोकतान्त्रिक शक्तिहरुबीच कार्यगत एकताको कुरा औल्याएका थिए ।

चौतारीका जिल्ला अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै पोखरेलले पछिल्लो समय सरकारप्रति जनतामा बढ्दै गएको भय, त्रासको वातावरण कम गर्न प्रमुख राजनीतिक दलको एकता आबश्यक पर्ने उनको भनाई छ । जिल्ला सदस्य अरुण कुमार नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर अध्यक्ष बसन्त परियारले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया